मानव विकास सूचकाङ्कमा प्रदेश
गोरखापत्र अनलाइन
फाल्गुन १०, २०७८ मंगलवार
विकास प्रक्रिया मानवीय अवधारणाको आधारभूमि हो । यो प्रक्रिया पूरा गर्न नेपालजस्तो विकासोन्मुख देशका लागि ग्रामीण अर्थतन्त्रको प्रचुर विकासबिना सम्भव देखिँदैन । नेपाल गाउँ–गाउँको संरचनाद्वारा निर्मित कृषिजन्य अर्थतन्त्रमा आधारित मुलुक हो । राष्ट्रिय बहुपक्षीय विकास योजनाको अवधारणा प्रारम्भ भएपछि विकास नै राष्ट्रिय चिन्तनको मूलधार बन्दै आएको छ ।