समाजवादको फरक बाटो
गोरखापत्र अनलाइन
मंसिर १८, २०७८ शनिबार
आवश्यकता, चेतना र प्राण–वायु अथवा आत्माद्वारा सञ्चालित प्रकृत्य निर्मित मानवरूपी भौतिक यन्त्र मानव हो । यो यन्त्रको आवश्यकता उपभोग्य र उपयोगी वस्तुरूपी इन्धनबाट हुन्छ र यसको ब्रेक र लाइट चेतना हो । आँखाले हेरेर, कानले शब्दद्वारा सुनेर, नाकले गन्धद्वारा, जिब्रोले तीतो, पीरो, अमिलो र गुलियो रसद्वारा, छालाले तातो–चिसो स्पर्सद्वारा पत्ता लगाउँछ । अनि यो यन्त्र सञ्चालन गर्ने ड्राइभर हो– प्राणवायु, जसलाई आध्यात्मिक दर्शन...