भ्रष्टाचार नियन्त्रणको आधार
गोरखापत्र अनलाइन
आश्विन ११, २०७८ सोमबार
कुनै पनि शासन व्यवस्था सक्षम, प्रभावकारी र सफल तुल्याउन सार्वजनिक प्रशासनमा नैतिकता र सदाचार रहनुपर्छ । यसका लागि सार्वजनिक निकायमा रहने पदाधिकारीमा सेवाभाव र त्यागको खाँचो पर्छ । आमनागरिकभन्दा सार्वजनिक पदमा रहने पदाधिकारीमा नैतिकता र सदाचार रहनुपर्छ । पद, शक्ति र प्रतिष्ठाले नैतिकता र सदाचार नहुन पनि सक्छ । यसको विपरीत पद, शक्ति, प्रतिष्ठा नभएका व्यक्तिमा उच्च नैतिकता र सदाचार विद्यमान हुन्छ भने त्यही नै महान्...