नेपाली सङ्गीतका जगपुस्ता : नातिकाजी
दीपक श्रेष्ठ
पुष ३, २०७७ शुक्रबार
यो नेपाली शिर उचाली संसारमा लम्कन्छ
जूनकिरीझैँ ज्योति बाली अन्धकारमा चम्किन्छ
राष्ट्रिय भावना पोतिएको यो भाका विद्यालयको आँगनमा धेरैपटक गाइयो । भुलुक्क रगत उमाल्ने भूपि शेरचनका शब्दमा नातिकाजीले भरेको लयको लहरमा भाका हाल्नुभएको थियो, तारादेवी र प्रेमध्वज प्रधानले । जुन गीत पछिल्लो पुस्ताका सङ्गीत पारखीमाझ पनि उत्तिकै लोकप्रिय छ ।
नेपाली आधुनिक सङ्गीतको जग पुस्ता हुन्, नातिकाजी । २००७ सालको परिवर्तनपछि स्थापित...