भाग्य बदल्ने अवसर
गोरखापत्र अनलाइन
पुष १८, २०७८ आइतवार
राजनीतिक दललाई राजनीतिक, आर्थिक र सामाजिक विकासका संवाहक मानिन्छ । यही मान्यता स्थापित गर्न दलको अवधारणा विकास भएको हो । सङ्गठित रूपले नागरिकमा जाँदा उनीहरूमा पनि दलप्रति सकारात्मक सन्देश प्रवाह हुन्छ । दलले सङ्गठनलाई नागरिकमा स्थापित गराउन महाधिवेशनमार्फत समयसापेक्ष नीति, नेतृत्व परिवर्तन र पुनर्मूल्याङ्कन गर्ने स्थापित परम्परा छ । दल र त्यसको नेतृत्व समयसापेक्ष परिवर्तन भएन भने नागरिक विश्वास गुम्दै जान्छ...