बेलायतमा नेपाली पहिचानको प्रयत्न
गोरखापत्र अनलाइन
फाल्गुन १८, २०७७ मंगलवार
संयुतm अधिराज्य (बेलायत)का चार राज्यमध्ये इङ्ग्ल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डमा यही मार्च २१ मा हुने राष्ट्रिय जनगणनाका कारण बेलायतमा बसोवासरत नेपाली फेरि एकपटक पहिचानका लागि जुर्मुराएका छन् ।
नेपालीको आगमन बेलायतमा पहिलोपटक नेपाली कहिले आए र उनी को थिए भन्नेबारे प्रस्ट उत्तर छैन । हालसम्मको अध्ययनअनुसार सन् १८५० को तत्कालीन नेपाली प्रधानमन्त्री जङ्गबहादुर राणाको बेलायत भ्रमणका क्रममा लन्डनको सेन्ट पल...