युट्युबर मिडियाको भाइ कि भाइरस
गोरखापत्र अनलाइन
फाल्गुन १४, २०७७ शुक्रबार
पछिल्लो समय नेपालमा मिडिया भन्नेबित्तिकै युट्युब भनेर बुझ्न थालिएकोजस्तो देखिएको छ । यस्तो अवस्थामा के साँच्चै नै युट्युबर मिडियाकर्मी नै हुन् वा स्वघोषित रूपमा आफ्नो मिडियाकर्मीका परिचय दिने गरेका हुन् ? प्रचलित कानुनले युट्युबरलाई समेट्न सक्छ वा सक्दैन ? मूलधारका यति धेरै मिडिया हुँदाहुँदै पनि युट्युबर लोकप्रिय हँुदै गएका छन् किन ? यसबारे बहस हुनैपर्ने देखिएको छ ।
स्वघोषित उपाधि