संविधानमा जबजको प्रभाव
गोरखापत्र अनलाइन
आश्विन ६, २०७७ मंगलवार
नेपालमा संवैधानिक परम्पराको सात दशकको इतिहासमा वर्तमान संविधान नै सर्वस्वीकृत संविधान हो । जनताद्वारा निर्मित र अनुमोदित संविधान हो । यसअघि जारी भएका सबै संविधान एकातिर पूर्ण लोकतान्त्रिक थिएनन् भने अर्कातिर विवादित पनि थिए । नेपाली कम्युनिस्टहरूको शक्ति बलियो भइनसकेको बेला राजा–काँग्रेस दाउपेचको बीचमा जारी भएको २०१५ सालको संविधान दुई वर्ष पनि नपुग्दै शाही ‘कू’को सिकार बन्यो । जनताले पाएको सीमित लोकतान्त्रिक...