संसदीय निगरानीको प्रभावकारिता
गोरखापत्र अनलाइन
चैत्र २३, २०७७ सोमबार
संसद् नागरिकको हकअधिकार र आवाज उठाउने सशक्त जनप्रतिनिधिमूलक संस्था हो । यो सरकारको विधायिकी अङ्ग हुनुका साथै सरकारको नीति, कार्यक्रम र कार्यप्रक्रिया समेतको निगरानी एव्म नियमन गर्ने वैधानिक संयन्त्र पनि हो । कार्यपालिका एवं न्यायपालिकामा स्वेच्छाचारिता भएमा पृथकीकरणबाहेक विधि र प्रक्रियाअनुरूप सन्तुलन गर्ने जिम्मेवारी पनि सार्वभौम संसद्को नै हो । संसदीय गतिविधिलाई पनि आवश्यकता, औचित्य र वैधानिकताको कसीमा...