संविधानमा आर्थिक विकास
गोरखापत्र अनलाइन
आश्विन ४, २०७८ सोमबार
सात वर्षअघि लागू भएको वर्तमान संविधान परिवर्तनलाई संस्थागत गर्न अघि सारिएको ऐतिहासिक उपलब्धिसहितको साझा दस्तावेज हो । पटक–पटकको राजनीतिक परिवर्तनपश्चात् पहिलो पटक संविधान सभाबाट संविधान जारी हुनु नेपालको लागि नयाँ अभ्यासका रूपमा समेत लिइएको छ । राजनीतिक पद्धति र शासन सञ्चालनको प्रारूपका हिसाबले संविधानमार्फत उद्घोष भएका कतिपय विषय पनि रूपान्तरणकारी परिवर्तन नै भएको मान्नुपर्छ । असीमित आकाङ्क्षालाई संवैधानिक...