स्मृतिमा पशुपति दाइ !
गोरखापत्र अनलाइन
जेष्ठ ९, २०७८ आईतवार
भनिन्छ– मुत्यु दुईप्रकारका हुन्छन् । पहाडभन्दा गह्रुँगो र प्वाँखभन्दा हलुङ्गो । सिङ्गो जीवन नेपाली वाम आन्दोलनप्रति समर्पित गर्नुभएका पशुपति चौलागाईको महाप्रस्थान साँच्चिकै पहाडभन्दा गह्रुँगो साबित भयो । उहाँको अवसानबाट हजारौँजन शोकमग्न बने । फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जाल सम्मान र श्रद्धाका शब्दले रङ्गिए । मिडियामा शोक–सन्तप्त समाचार छाए ।
दोलखालीमात्रै हैन, उहाँ नेपाली राजनीतिको पछिल्लो छिमलमा...