अविचलित काँग्रेस
गोरखापत्र अनलाइन
पुष १३, २०७८ मंगलवार
नेपालमा राणा शासनको अन्त्य भएको धेरै वर्षपछि २०१५ फागुन ७ गतेबाट संसद्को तल्लो सदन प्रतिनिधि सभाका लागि १०९ स्थानमा आम चुनाव भयो । यस चुनावमा नौ वटा पार्टीका उम्मेदवार र २६८ स्वतन्त्र उम्मेदवार गरी जम्मा ७६८ जनाले आफ्नो मनोनयन दर्ता गराएका थिए । नेपाली कांँग्रेसले १०९ स्थानमध्ये ७४ स्थानमा विजय हासिल गरी प्रतिनिधि सभामा दुईतिहाइ बहुमत प्राप्त ग¥यो । नेपाली कांँग्रेसले संसदीय दलको नेतामा बीपी कोइरालालाई छान्यो ।...