शहीदप्रतिको उच्च सम्मान
गोरखापत्र अनलाइन
माघ १४, २०७८ शुक्रबार
आजभन्दा १७५ वर्षअघि इतिहासमा एउटा यस्तो दुःखद घटना भयो जुन घटना विश्वको इतिहासमा विरलै सुन्न र देख्न पाइन्छ । वि.सं. १९०३ भाद्र ३१ गते तदनुसार १४ सेप्टेम्बर १८४६ मा जङ्गबहादुर राणालाई कोतपर्व हत्याकाण्ड गराउनुपर्ने परिस्थितिको सिर्जना ग-यो । त्यसपछि भएको भण्डारखाल र औलो पर्वले जङ्गबहादुरलाई शक्तिशाली प्रधानमन्त्री बनायो । उहाँले प्रधानमन्त्रीको पद आफ्ना भाइ र परिवारमा सीमित गराउनु भएको थियो । हाम्रो देशमा राणा...