पूर्वीय दर्शनको चिन्तन
गोरखापत्र अनलाइन
मंसिर ६, २०७७ शनिबार
सामान्य अर्थमा दर्शन भन्नाले हेर्नु हो । सबै प्राणीले बाह्य र भित्री आँखाले हेर्छन् । बाह्य दुई आँखाले आफ्ना अगाडि भएका वस्तुलाई देख्छ भने भित्री आँखाले अदृश्य वा काल्पनिक वस्तुको दर्शन वा चिन्तन गर्दछ । प्रत्यक्ष रूपमा देखिने वस्तु र नदेखिने काल्पनिक वस्तुमा भिन्नता हुने गर्दछ । अघिदेखिका र कहिले पनि नदेखिएका वस्तुमा पनि भिन्नता पाइन्छ । केही वस्तु नदेखिए पनि हाम्रा ज्ञानेन्द्रिय र कर्मेन्द्रियहरूले अनुभव...