एमसीसीप्रति उठेका भ्रम र यथार्थ
गोरखापत्र अनलाइन
फाल्गुन ४, २०७८ बुधबार
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन प्रक्रियाको प्रारम्भसँगै यसलाई गिजोल्ने काम सुरु भयो । यो नेपालकै प्राथमिकतामा अमेरिकाले तय गरेको निशुल्क सहयोग परियोजना हो । अमेरिकी करदाताले तिरेको रकमबाट दिने पैसा भएकाले कुनै सामरिक रणनीति वा राजनीतिसँग सम्बन्धित नभई प्रजातन्त्रको स्थायित्व र विकासमा मात्र केन्द्रित छ । एमसीसीले विकासशील र अल्पविकसित मुलुकलाई मात्र यो सहयोग दिँदै...