प्रकृतिमैत्री पूर्वाधार
गोरखापत्र अनलाइन
कार्तिक १३, २०७८ शनिबार
यो सालको मनसुनी वर्षा सुरु हुनासाथ सिन्धुपाल्चोकको मेलम्ची बजार बगायो । त्यसको दुई हप्तापछि पुनः मेलम्ची र इन्द्रावतीमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको इन्टेक साइटलाई थप पाँच मिटर बाक्लो गेग्रानले पुरिदियो । अघिल्लो बाढीले नै १० मिटर पुरेको भनिएको थियो । मेलम्चीको प्रायः सबै बगरमा १०–१५ मिटर बाक्लो गेग्रान थुप्रियो र खोला बजारतिर पस्यो । मेलम्ची किनारका सयौँ रोपनी खेतीयोग्य जमिन र गाउँघरमा व्यापक क्षति...