राजदूत नियुक्ति समावेशी
गोरखापत्र अनलाइन
फाल्गुन १, २०७८ आइतवार
सत्तरीको दशकका प्रख्यात अमेरिकन विदेशमन्त्री हेनरी किसिन्जरले कूटनीतिका बारेमा भन्नुभएको छ, “बौद्धिक विश्लेषणले अन्तर्राष्ट्रिय प्रणालीको विकास गर्छ, जुन कुरा त्यस्तै नेतामा भर पर्छ ।” राजदूत आधुनिक राज्यसत्ताको अर्को देशसँग बलियो दौत्य सम्बन्ध बनाउने एक बौद्धिक प्रतिनिधि हो । राजदूत शब्दको प्रयोग इटालीले ईश्वी संवत् १३०० मा प्रयोग गरेको थियो । पन्ध्रौँ शताब्दीमा युरोपको युद्धमा इटालीले राजदूतमार्फत सफलता...