महिलामा पिसाब सङ्क्रमण
गोरखापत्र अनलाइन
चैत्र १४, २०७७ शनिबार
स्वास्थ्य क्षेत्रमा देखापर्ने समस्यामध्ये महिलामा हुने पिसाब सङ्क्रमण एउटा ठूलो समस्या हो । नेपाली महिलामा यो रोग कति छ, त्यसको आँकडा नभए पनि प्रायः धेरै परिवारले यो पीडाको असर अनुभव गरेको हुन सक्छ ।
महिलामा पिसाब सङ्क्रमणको मुख्य कारण प्रतिरक्षा शक्ति कम भएको शरीरमा रोग उत्पन्न गर्न सक्ने क्षमता भएका कीटाणुको सजिलो प्रवेश नै हो । महिलाको शरीरिक बनोट र क्रियाको विशेषताले गर्दा मुत्रथैलीमा कीटाणु प्रवेश गर्न...