नेपालका संविधान कस्ता
गोरखापत्र अनलाइन
आश्विन ३, २०७७ शनिबार
नेपालको संवैधानिक इतिहासमा वि. सं. २००४, २००७, २०१५, २०१९, २०४७, २०६३ तथा २०७२ मा संविधान बनेका छन् । वि. सं. २००४ को नेपाल सरकारको वैधानिक कानुन बन्दा जहाँनिया राणा शासन रहेको थियो । वि. सं. २००७ मा नेपाल सरकारको अन्तरिम शासन विधान आएको समयमा नेपालको इतिहासमा पहिलो पटक प्रजातन्त्र आयो । वि. सं. २०१५ को नेपाल अधिराज्यको संविधानको धारा १० ले कार्यकारी अधिकार संविधान बमोजिम श्री ५ मा रहने व्यवस्था गरेको थियो । नेपालको संविधान,...