सौन्दर्यको खानी दूधकुण्ड
गोरखापत्र अनलाइन
श्रावण २३, २०७८ शनिबार
नयाँ–नयाँ ठाउँमा घुम्न जानु, रमाउन पाउनु कसको इच्छा हुँदैन र ! त्यो ठाउँ जहाँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण होस् र अझ धार्मिक, सांस्कृतिक महìवको स्थल होस् त्यति भए त सुनमा सुगन्ध भइहाल्यो । सोलुखुम्बु आफैँमा एक सुन्दर जिल्लाका रूपमा विश्वमा परिचित छ । उल्लेख्य हिमशृङ्खला र तालतलैया रहेको यो जिल्ला बहुल जाति, भाषा, धर्म र संस्कृतिले पनि त्यतिकै धनी छ । विश्वको सर्वोच्च शिखर सगरमाथा र त्यसको आरोहण गर्ने तेन्जिङ नोर्गे...