मनाङमा हिउँ पर्न थाल्यो (फाेटाे फिचर)
गोरखापत्र अनलाइन
मंसिर १७, २०७८ शुक्रबार
हिमाली जिल्ला मनाङमा हिउँ पर्न थालेको छ । जिल्लाको माथिल्लो क्षेत्रमा बुधबार राति १२ बजेदेखि हिउँ पर्न थालेको स्थानीयले बताएका छन् । बिहीबार बिहानदेखि पनि पुनः हिउँ परिरहेको उनीहरुले बताएका छन् । स्थानीयका अनुसार दिउँसो केही समय रोकिए पनि पुनः हिउँ परेको हो । मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार हिमपात भइरहँदा चिसो बढेको छ । हिउँले डाँडाकाँडा सेताम्मे भएको छ । पानी पनि परिरहेको छ ।