महामारीमा इन्जिनियरको परिचालन
गोरखापत्र अनलाइन
जेष्ठ २, २०७८ आईतवार
बढ्दो महामारीसँगै अक्सिजन र बेडको अभावको कारण हाम्रै आँखा अगाडि थुप्रैले छटपटिएर अकालमै ज्यान गुमाइरहनुपरेको छ । यस्तो देख्दा प्रविधिको प्रयोगमार्फत दैनिक जीवनका सामान्य र जटिल समस्याहरूको समाधान गर्न अभ्यास गर्ने प्राविधिक जनशक्तिहरू अझ बढी मर्माहत भएको अनुभव गरिरहेका छौँ । समस्या त धेरै नै होलान् तर देश यसरी रोइरहेको बेला प्राविधिक इन्जिनियरहरूसँग भएको ज्ञान, सीप, दक्षता र क्षमताको प्रयोग गर्दै हामी पनि देशलाई...