सङ्कट टार्न जलाशययुक्त आयोजना
गोरखापत्र अनलाइन
चैत्र १७, २०७८ बिहीबार
अघिल्लो वर्षा मौसममा बिजुली खपत नभएर नेपाल विद्युत् प्राधिकरणले पाँच सय मेगावाटसम्म बिजुली खेर फाल्नुपर्ने अवस्था आयो । स्वदेशमै बिजुली खपत बढाउन नसक्दा र छिमेकी राष्ट्र भारतमा बिजुली बेच्न नसकेर बिजुली खेर गएपछिको प्राधिकरणको यो अवस्था चिन्ताजनक थियो तर त्यो लामो समयसम्म रहेन । अहिले हिउँदमा प्राधिकरणलाई अर्को चिन्ताको विषय छ, भारतबाट बिजुली आयात भएन भने के गर्ने ? प्राधिकरणले अहिले भारतबाट दैनिक छ सय मेगावाटसम्म...