नेकपा किचलोको समाधान
गोरखापत्र अनलाइन
मंसिर १४, २०७७ आईतवार
नेकपाभित्रको सत्ता सङ्घर्षको आन्तरिक किचलो मूलतः एक वर्षदेखि सतहमा मुखरित भएको हो ।
विकास र समृद्धिका लागि स्थायी सरकारको नारा दिएर जनताबाट झन्डै दुईतिहाइ जनमत प्राप्त गरी सरकार बनाएको नेकपाले जनअभिमतको कदर गर्न सकेन वा जानेन भन्दा सचिवालयका नेता भनिनेहरूलाई गैँडाको छाला कन्याएजस्तो हुन्छ तर अन्य नेता तथा कार्यकर्तालाई चसक्क दुख्न सक्छ । नेकपाले अहिले भोगिरहेको नियतिलाई सकारात्मक निष्कर्षसाथ रूपान्तरण गर्ने...