तामाकोसीको दीर्घकालीन व्यवस्थापन
गोरखापत्र अनलाइन
जेष्ठ २५, २०७८ मंगलवार
दोलखा जिल्ला, विगु गाउँपालिका १, लामाबगधरको सुन्दर बस्तीमा निर्माणको अन्तिम चरणमा पुगी विद्युत् उत्पादन हुनै लागेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना नेपाल सरकारको राष्ट्रिय गौरवको एवं राष्ट्रिय प्राथमिकता प्राप्त जलविद्युत् आयोजना हो । आयोजनाबाट जति चाँडो सकिन्छ त्यति नै चाँडो विद्युत् उत्पादन गर्न कसरत भइरहेको देखिन्छ । विविध कारणले निर्माणमा केही ढिलाइ भएको महसुस भए पनि पछिल्लो समयमा अझ केही महिनामा सकिने...