कोभिड–१९ मा आमसञ्चारलाई राहत
गोरखापत्र अनलाइन
मंसिर १२, २०७७ शुक्रबार
सङ्कटका बेला आमसञ्चारको महŒव र उपयोग सामान्य अवस्थामा भन्दा कैयौँ गुणा बढ्छ किनकि स्वास्थ्य तथा सुरक्षाबारेको जनचेतना फैलाउन योजत्तिको प्रभावकारी माध्यम अर्को छैन । पछिल्ला केही वर्षमा सामाजिक सञ्जाललाई सूचना वा जानकारी फैलाउन प्रयोग गरिए पनि त्यसको विश्वासनीयतामा प्रश्न उठ्ने अवस्था रहेकाले पनि आमसञ्चारको महŒव कम भएको छैन । कोरोना भाइरस महामारीका बेलामा पनि सञ्चार क्षेत्रले आफ्नो जिम्मेवारी त्यसैगरी निर्वाह...