मे दिवसले दिने सन्देश
गोरखापत्र अनलाइन
बैशाख १७, २०७८ शुक्रबार
हरेक वर्षको मे १ का दिन विश्वभर श्रमिकको एकता, सङ्घर्ष र वीरताको प्रतीकका रूपमा श्रमिक दिवस मनाइन्छ । यो दिवस लामो सङ्घर्ष, बलिदान र गौरवमय इतिहासले भरिपूर्ण छ । सुरु–सुरुमा यसलाई ‘मे डे’का रूपमा मनाउने गरिन्थ्यो । यसको सुरूवात विशेषगरी औद्योगिक क्रान्तिपश्चात् भएको पाइन्छ । वर्तमान अवस्थासम्म आइपुग्दा श्रमिक पेसाकर्मीका गौरवपूर्ण इतिहास बोकेको मे दिवस विभाजित र थुप्रै चुनौतीका सामु खडा भएको छ । अहिले कोरोना...