कोरोनाले रोजगारीमा चुनौती
गोरखापत्र अनलाइन
मंसिर २३, २०७८ बिहीबार
महामारीका रूपमा फैलिएको कोरोना भाइरस विषाणुको कारण संसारले नै रोजगार सिर्जनामा ठूलो चुनौतीको सामना गरिरहेको छ । अहिलेको अवस्थामा रोजगारका लागि चार प्रकारका विश्वव्यापी चुनौती देखिएका छन् । पहिलो, विश्वव्यापी घटनाको कारण उत्पादक रोजगारको अपर्याप्त उपलब्धता, जसले विश्वलाई प्रभावित गरिरहेको छ । दोस्रो, व्यक्तिगत रोजगारभन्दा पनि व्यापार, पुँजी र श्रमको सीमापार प्रवाह । तेस्रो, कम विकसित देशमा रोजगारका अवसर विस्तार...