पूर्व तताइरहेको ढुङ्गा
गोरखापत्र अनलाइन
फाल्गुन २२, २०७७ शनिबार
देशको पूर्वी क्षेत्रमा अहिले एउटा ढुङ्गाको विषयलाई लिएर तातो बहस भइरहेको छ । वराहक्षेत्रअन्तर्गत त्रिवेणीमा रहेको यो ढुङ्गा फुटाउने अभिव्यक्ति सार्वजनिक भएपछि एकाएक यसले पूर्व क्षेत्र तताएको हो । किरात राई समुदायले ‘खुवालुङ’ भनेर विश्वास गरेको ढुङ्गा फुटाउने विषयबारे चर्चा चुलिँदै जाँदा सामाजिक सञ्जाल, सडकदेखि सिङ्गो पूर्वी पहाड तरङ्गित भइरहेको छ । सामाजिक सञ्जालमा यो ढुङ्गा फुटाउन पाइन्न भनेर चर्को विरोध...