महामारीसँग जुध्दै काठमाडौँ महानगरपालिका
गोरखापत्र अनलाइन
जेष्ठ ११, २०७८ मंगलवार
कोभिड–१९ महामारीको प्रतिकार्यमा स्थानीय सरकारले आफ्नो स्रोत, साधन र स्थानीय परिवेशअनुसारका कार्य गरिरहेका छन् । कोभिड–१९ को दोस्रो लहर निकै त्रासदीपूर्ण छ । अक्सिजन, आईसीयू र भेन्टिलेटरको सहायताविना कडा सङ्क्रमितले ज्यान बचाउन गाह्रो छ । सद्दे मान्छेलाई एक दुई दिनमै मृत्युको मुखमा पु¥याउने कोभिड–१९ को सङ्क्रमणसँग जुध्नु सामान्य कुरो रहेन अहिले ।
यस्तो आपतकालीन अवस्थामा सङ्घीय राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकामा...