पारदर्शिताका लागि खुला तथ्याङ्क
गोरखापत्र अनलाइन
फाल्गुन २७, २०७७ बिहीबार
पछिल्लो समय विश्वका अधिकांश राष्ट्रका लागि पारदर्शी, जवाफदेही र भ्रष्टाचार न्यूनीकरण राजनीतिक नारा हुने गरेको छ । पारदर्शी, जवाफदेही र विकास प्रक्रियामा नागरिकको संलग्नता भ्रष्टाचार न्यूनीकरणका उपायहरू पनि हुन् । सार्वजनिक सूचना तथा तथ्याङ्कको खुलापन हुनु पारदर्शीको एक महìवपूर्ण प्रक्रिया हो । यसै सन्दर्भमा करिब एक दशकदेखि हरेक अङ्ग्रेजी मार्च महिनाको पहिलो शनिबार अन्तर्राष्ट्रिय खुला तथ्याङ्क दिवस मनाउने...