यमपञ्चकका पाँच दिन
गोरखापत्र अनलाइन
कार्तिक १३, २०७८ शनिबार
तमसो मा ज्योतिर्गमय’ अर्थात् अँध्यारोबाट ज्योतितिर, प्रकाशतिर बढौँ– यो आर्ष वचन हो, उपनिषद्को निर्देशन हो । वर्षा ऋतुका काला बादलहरू बिदा भएसँगै उल्लासमय उज्यालो शरद् ऋतुको आगमन भएको छ । कविशिरोमणिका भावलाई सापटी लिएर भन्नुपर्दा “आकाश निर्विकार देखिएको छ ।” प्रकृतिमा सर्वत्र नवीनताको आभास भइरहेको छ । वर्षाको जलराशिले पुष्ट भएकी पृथ्वीबाट रस लिँदै सयपत्री, गोदावरी ढकमक्क फुलेका छन्, फक्रिएका छन् । नेपालीले वर्षायाममा...