नेपालमा चलचित्र पत्रकारिता
गोरखापत्र अनलाइन
जेष्ठ ७, २०७८ शुक्रबार
नेपालको जेठो गोरखापत्रले एक सय २० वर्ष पार गरेको छ तर ३५–४० वर्षअघि पनि सञ्चारको नाममा सरकारी मिडियाहरूकै भर पर्नुपर्ने अवस्था थियो । गोरखापत्र, रेडियो नेपाल, नेपाल टेलिभिजन, राससकै भरमा थियो सूचना तथा सञ्चार जगत् ।
देश विकासको समाचार होस् वा राष्ट्रप्रमुख तथा सरकार प्रमुखको समाचार यिनै सञ्चार माध्यममार्फत आउँथ्यो । विकास, विज्ञान, साहित्य, शिक्षा, खेलकुद र मनोरञ्जन आदि हरेक विषयका सामग्री यिनै माध्यममा भर पर्नुपथ्र्यो...