रामनवमी तथा चैतेदसैँ
गोरखापत्र अनलाइन
बैशाख ७, २०७८ मंगलवार
देवी भागवतमा दसैँविशेष र दसका भेदमा दसैँलाई चार भागमा ऋतुअनुसार राखिएको पाइन्छ । देवी भागवत माहात्म्यमा भनिएको छ, “आश्विने मधुमासे वा तपोमासे शुचौतथा÷चतुर्षु नवरात्रेषु विशेषात्फलदायकम्” अर्थात् प्राकृतिक परिवर्तनअनुसार एक वर्षमा वसन्त, गृष्म, शरद र शिशिरसमेत चार ऋतु हाम्रो यस भारतखण्डमा पाइने हँुदा प्रत्येक ऋतुमा एक÷एकवटा दसैँ हुन्छन् । वसन्त ऋतुको चैत महिनामा, गृष्म ऋतुको असार महिनामा शरद ऋतुको असोज र शिशिर...