प्रसारण लाइन निर्माणमा ध्यान
गोरखापत्र अनलाइन
बैशाख १३, २०७८ सोमबार
जलस्रोत नेपालको एक महत्त्वपूर्ण संसाधन हो । देशको आर्थिक विकासका लागि हिमनदी, नदी, ताल आदिको समष्टि रूप जलसम्पदाको सदुपयोगले मात्र समृद्ध नेपाल, सुखी नेपाली नारालाई साकार रूप दिन सकिन्छ । यसले नेपालको क्षेत्रफलको ३.९ प्रतिशत क्षेत्र ओगटेको छ । सिँचाइ, खानेपानी, जल यातायत र विद्युत् विकासमा जलस्रोतको उपयोग गरी देशको अनुहार बदल्न सकिन्छ । यस आलेखमा जलविद्युत् विकास, अझ कर्णाली बेसिन (जलाधार) मा उत्पादन गर्न सकिने...