मुलुकको अपेक्षा र देउवाको आवश्यकता
गोरखापत्र अनलाइन
मंसिर २२, २०७८ बुधबार
मुलुुकको राजनीति यतिबेला काँग्रेसको १४औँ महाधिवेशनको माहोलले तरङ्गित छ । केन्द्रीय नेतृत्वका लागि नेताहरू आआफ्नो तयारीमा जुटेका छन् । वडा, गाउँ, नगर, क्षेत्र, जिल्ला हुँदै प्रदेश तहको अधिवेशन लगभग सकिएको छ । नेतृत्वका लागि वडादेखि केन्द्रसम्म नै प्रतिस्पर्धाको चित्र र चुनौती रोचक देखियो । झण्डै साढे चार हजारको हाराहारीमा केन्द्रीय महाधिवेशन प्रतिनिधिहरू नेतृत्व चयनका लागि काठमाडौँ आउँदैछन् ।