केदारनाथ यसरी राहुल बने
गोरखापत्र अनलाइन
मंसिर ११, २०७८ शनिबार
राहुल साङ्कृत्यायन कसैका लागि नयाँ र अपरिचित नाम होइन । यो नाम विश्वकै विद्वत् व्यक्तित्वका रूपमा सुपरिचित छ । राहुल ठूला विद्वान् थिए । विद्वताका अद्भुत विशेषताहरू उनमा थिए । असङ्ख्य कृतिका रचनाकार, त्यसमा पनि अत्यन्तै गहकिला कृतिका लेखक राहुल विश्वकै ठूला विद्वान् मात्र थिएनन्, उनी एउटा चमत्कारपूर्ण व्यक्तित्व पनि थिए । उनको विद्वतापूर्ण व्यक्तित्व मात्र चमत्कारपूर्ण छैन, उनको जीवनयात्रा पनि चमत्कारपूर्ण ढङ्गले...