संसदीय सर्वोच्चताको चिन्ता
गोरखापत्र अनलाइन
आश्विन ७, २०७८ बिहीबार
देशको गरिमामय संसद् जनप्रतिनिधिमूलक सर्वोच्च संस्था हो । देश र जनताको हितमा समर्पित भएर सर्वोत्कृष्ट रचनात्मक भूमिका निर्वाह गर्न निरन्तर अग्रसर हुनुपर्ने यस किसिमको सर्वाेच्च संस्थाका गतिविधि भने सन्तोषप्रद देखापर्न सकिराखेको छैन । देश र जनहितका पक्षमा अडिग रहेर विविध विषय र सन्दर्भहरूमा बौद्धिक व्यायाम र रचनात्मक विचार विनिमय गर्न अग्रसर हुनुभन्दा प्रतिशोधग्रस्त चिन्तनले संसद्को समग्र गतिविधि नै ठप्प पार्ने...