माङ्सिरे–महिमा
गोरखापत्र अनलाइन
असार १८, २०७८ शुक्रबार
किरात राई समुदायभित्र आफ्नै परम्परा, संस्कृति र मान्यता रहेको पाइए पनि अधिकांश परम्परा, संस्कृतिमा समानता देखिन्छ । सबै थरी राईका भाषा फरक–फरक छन् । नजानिँदो ढङ्गबाट लवाइ–खवाइ र साँस्कृतिक मान्यतामा केही भिन्नता देखिनु अनौठो होइन । कुनै थरी राई सदीयौँदेखि पहाडको अनकन्टार कुनामा बस्दै आएका छन् त कुनै थरी राई नदी तथा खोलाकिनारमा । नदी तथा खोलाकिनारमा बस्नेले पानी प्रयोग प्रशस्त गर्न पाउँछन् भने पहाडको अनकन्टारमा...