सङ्घीयतामा बहुपक्षीय सम्बोधन
गोरखापत्र अनलाइन
असार १८, २०७८ शुक्रबार
जनसङ्ख्याको विविधतायुक्त वनाबट नै बहुसाँस्कृतिक, बहुधार्मिक, बहुजातीय समाजको उपज हो । बहुसाँस्कृतिक विविधतायुक्त समाज अस्तित्व रक्षाका लागि संसारभर सङ्घर्ष हुँदै आएको छ । शीतयुद्धकालीन समयमा सबल पक्षले दुर्बल पक्षमाथि गरिएको अन्यायपूर्ण व्यवहार, जातीयताका सम्बन्धमा बढ्दो सचेतना र भूमण्डलीकरणविरुद्ध व्यक्त गरिने प्रतिक्रिया नै यसका कारण बन्दै आएको देखिन्छ । विश्वको विभिन्न स्थानको इतिहास हेर्दा अनौठो...