सकारात्मक सारथि गोरखापत्र
गोरखापत्र अनलाइन
बैशाख २४, २०७८ शुक्रबार
गोरखापत्र आजबाट १२१ औँ वर्षमा प्रवेश गरेको छ । दक्षिण एसियाका शतायु पूरा गरेका जम्मा छवटा अखबारमध्ये गोरखापत्र एक हो, जुन नेपाली गर्व हो । वि.सं. १९५८ वैशाख २४ गतेदेखि निरन्तर प्रकाशित गोरखापत्र सुरुका वर्षमा साप्ताहिक, त्यसपछि अर्धसाप्ताहिक र २०१७ देखि दैनिक रूपमा प्रकाशित हुँदै आएको छ । पाठकलाई यथार्थ सूचना/समाचार, बौद्धिक खुराक सम्प्रेषण तथा नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्दै आएको गोरखापत्रले बाह्र...