दूरसञ्चार ‘डिजिटल’ रूपान्तरण
गोरखापत्र अनलाइन
जेष्ठ ३, २०७८ सोमबार
अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) को आह्वानमा नेपाललगायत विश्वभरका १९३ सदस्य राष्ट्रमा आज मे १७ मा विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइँदै छ । विश्वमा दूरसञ्चार सेवा विकास, विस्तार, सञ्चालन र नियमनको प्रभावकारी व्यवस्था होस् भन्ने उद्देश्यले सन् १८६५ मे १७ मा अन्तर्राष्ट्रिय टेलिग्राम युनियन जन्म भएको थियो । उक्त संस्थाका संस्थापक राष्ट्रहरू २० मात्र थिए । सन् १९३२ मा स्पेनको म्याड्रिडमा भएको सम्मेलनले...