बढ्दो धार्मिक सहिष्णुता
गोरखापत्र अनलाइन
पुष १०, २०७८ शनिबार
नेपाल बहुसांस्कृतिक विशेषतासहित सुदृढ सामाजिक एकता भएको मुलुक हो । बहुमूल्य सम्पदाका चाडपर्व र संस्कृति संरक्षण गर्नुपर्ने साझा दायित्व हाम्रासामु छ । यहाँ विभिन्न सम्प्रदायका मानिस बसोबास गर्छन्, त्यसैले पनि यहाँ पृथक् पृथक् चाडपर्व मनाउने गरिँदै आएको छ । मानव समुदायले आफ्ना देवता अथवा सम्मानित व्यक्तित्वको जन्मदिन व्यापक उत्साह र सद्भावका साथ मनाउने प्रचलन बढ्दै गएको अवस्थामा इसाई धर्मावलम्बीको विशेष उत्सवका...