स्मृति विम्बमा आनन्ददेव
गोरखापत्र अनलाइन
आश्विन ९, २०७८ शनिबार
चुरे पर्वतको काखमा रहेको सञ्झोट प्रगन्नाको पिपरियास्थित प्राथमिक विद्यालयको हेडमास्टर म थिएँ । कुरा २०२३ साल साउन महिनातिरको हो । राप्ती नदीपारिको त्यही देहाती गाउँबाट जिल्ला सदरमुकाम भरतपुरतिर जाँदै गर्दा अहिलेको सौराहा चोकनजिकै बर्खाको बाढीको सामना गर्नुपरेको थियो । त्यही ठाउँमा अलपत्र यात्रुका लहरमा म थिएँ । खोला किनारमा अलपत्र यात्रुको त्यो भीडमा छरितो र फुर्तिलो जिउडालका एक युवकलाई देखेको थिएँ । अल्फा...