अत्यासमा सामाजिक दायित्व
गोरखापत्र अनलाइन
मंसिर ७, २०७७ आईतवार
कोरोना भाइरस विश्वव्यापी महामारीले विश्वलाई पीडा दिँदै वर्षगाँठ मनाउँदै छ । यसले लाखौँ मानिसको ज्यान लिएको छ भने करोडौँ मानिस प्रभावित बनाएको छ । विश्वव्यापी महामारीको चपेटाबाट नेपाल पनि बहुआयामिक रूपमा नै ग्रसित बनेको छ ।
आज सारा समाज कोरानासँग लडिरहेको छ । यसमा पनि विश्वमा नै स्वास्थ्यकर्मीको पीडा खपिसाध्य छैन । नेपाली समाजका प्रायः आमाबुवाले प्रतिष्ठाको विषयका रूपमा रोजेर स्वास्थ्य क्षेत्रमा होमेका सन्तान...