चर्चामा प्रदेश नम्बर १ र ५ को राजधानी
गोरखापत्र अनलाइन
पुष २९, २०७६ मंगलवार
लामो समयदेखि प्रदेश नं. १ को नामकरण हुन नसकेको अवस्थामा पछिल्लो समयमा प्रदेश नं. ३ ले बाग्मती प्रदेशको नामकरण गरेपछि यहाँ पनि बहस शुरु भएको छ । सगरमाथा र कोशीको बिषयमा आन्तरिक रुपमा बहस चल्दै आएको नेकपाका एक प्रदेश नेताले बताउनु भएको छ । सगरमाथाको पहिचान विश्वब्यापी रहेको र नेपालको नै गौरव रहेकाले प्रदेशसंग यसलाइ नगाँस्ने र कोशी प्रदेश नाममा सहमति हुनसक्ने ती नेताले जनाउनु भयो ।