कतार प्रवेश गर्दा खोप लगाएका पनि अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने
गोरखापत्र अनलाइन
बैशाख १४, २०७८ मंगलवार
नेपालसहित ५ देशका नागरिक कतार यात्रा गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ । कतारस्थित नेपाली राजदूतावासले आज एक सूचना जारी गर्दै कोरोना सङ्क्रमणलाई ध्यानमा राखी भारत, नेपाल, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का र फिलिपिन्सबाट कतार जानेले अनिवार्य १० दिन क्वारेन्टाइन बस्नु पर्ने जानकारी दिएको हो ।
यो नियम यही अप्रिल २९ देखि लागु हुने सूचनामा उल्लेख छ । ती देशबाट जाने सबै जनाले १० दिन होटल क्वारेन्टाइन वा...