बेलायतमा सङ्क्रमण बढ्दै, खोप नलगाएका बढी प्रभावित
गोरखापत्र अनलाइन
पुष ८, २०७८ बिहीबार
संयुक्त अधिराज्य (बेलायत)मा पछिल्लोपटक एक लाखभन्दा बढी व्यक्ति कोभिड १९ बाट सङ्क्रमित भएका छन् । पछिल्लो आठ दिनदेखि एकैदिन लगातार नब्बे हजारभन्दा माथि सङ्क्रमित हुँदै आएकोमा बुधबार यो सङ्ख्या बढेर एक लाख छ हजार पुगेको छ । जुन महामारी शुरु भएयताकै सबैभन्दा उच्च हो ।