अस्पताल र अक्सिजन उद्योगमा विद्युत् जान नदिन नयाँ फिडर जडान
गोरखापत्र अनलाइन
बैशाख ३१, २०७८ शुक्रबार
नेपाल विद्युत् प्राधिकरणले अक्सिजन उत्पादन गर्ने उद्योगहरु र अस्पतालहरुलाई चौबिसै घण्टा विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था गरेको छ । प्राधिकरणले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएको हो । अस्पताल र अक्सिजन उद्योगको संवेदनशीलतालाई ख्याल गर्दै विद्युत निर्वाद आपूर्तिका लागि वैकल्पिक फिडरसमेत तयार गरिएको छ ।
अक्सिजन उद्योगहरु रहेका ककनी, हरिसिद्धि, बुटवल, सिमरा, जनकपुर, विराटनगरलगायतका...