दिवा खाजा विस्तार सकारात्मक, माविसम्म निःशुल्क चुनौतीपूर्ण
रासस
जेष्ठ १६, २०७७ शुक्रबार
आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले ल्याएको बजेटमा दिवा खाजा र छात्रवृत्तिको विस्तार कार्यक्रम सकारात्मक भए पनि माध्यमिक तहसम्म गुणस्तरीय निःशुल्क शिक्षा चुनौतीपूर्ण देखिएको छ ।
बजेटमा सामुदायिक विद्यलयमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न हाल ४३ जिल्लामा लागू भएको दिवा खाजा कार्यक्रमलाई देशभर विस्तार गर्ने गरी रु सात अर्ब ५२ करोड विनियोजन गरिएको छ । यस कार्यक्रमबाट २८ लाख बालबालिका...